यू–१५ विद्यालय खेलकुद प्रतियोगितामा ६ सय ७० बढीकाे सहभागिता हुने
उद्घाटन भव्य गर्ने तयारी
पाेखरा | जेठ २७, २०८१
पोखरा: प्रदेश खेलकुद परिषद गण्डकीले पोखरामा आयोजना हुने यू–१५ विद्यालय खेलकुद प्रतियोगिताको उद्घाटन कार्यक्रम भव्य गर्ने गरी तयारी थालेको छ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) र प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा हुने उक्त प्रतियोगिताको उद्घाटन कार्यक्रम भव्य गर्ने गरी तयारी सुरु गरेको हो ।
यहि जेठ ३० र ३१ गते दुई दिन सञ्चालन हुने यू–१५ विद्यालय खेलकुद प्रतियोगितामा सात प्रदेशका विभिन्न ६ खेलका ६ सय ७० भन्दा बढि खेलाडीहरुको सहभागिता हुनेछ ।
प्रतियोगिताको तयारीका लागि शनिबार आयोजित छालफल कार्यक्रममा सदस्य सचिव श्रीधर शर्माले पोखरा आउने खेलाडी र पाहुनाहरुको स्वागत संगै उनीहरुको बसाई शुखद बनाउन सबैको सहकार्य आवश्यक रहेको बताए । उनले भने–“पहिलो पटक यो कार्यक्रम आयोजना हुँदैछ । हामीले खेलाडीहरु र पाहुनाहरुको बसाई शुखद बनाउन सबैको सहकार्यका लागि परिषद आग्रह गर्दछ ।”
परिषदका सल्लहाकार समितिका सदस्यहरु, विभिन्न खेल संघका पदाधिकारीहरुलगायत विभिन्न संघ संस्थाका पदाधिकारीहरुको सहितको भेलामा प्रतियोगितालाई भब्य बनाउन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरे ।
भेलामा परिषदका उपाध्यक्ष ध्वजकुमार गुरुङले प्रतियोगितालाई सफल बनाउन सबैको उत्तिकै प्रभावकारी भूमिका आवश्यक रहेको औंल्याउँदै पोखरा कुनै पनि प्रतियोगिता आयोजना गर्न पूर्णरुपमा तयारी छ भन्ने सन्देश दिने गरी कार्य गर्न आग्रह गरे ।
यू–१५ विद्यालय खेलकुद प्रतियोगिता अन्तर्गत बास्केटबल, एथलेटिक्स, रग्बी, ब्याडमिन्टन, टेबुल टेनिस र बुद्धिचाल प्रतियोगिता हुनेछ । प्रतियोगिताको उद्घाटन जेठ ३० गते पोखरा रंगशालामा हुनेछ ।
पोखरा: हिमालय क्रिकेट एकेडेमी कप २०८२ यु–१६ अन्तर विद्यालय पुरुष टि–२० क्रिकेट प्रतियोगिताको उपाधि डायमण्ड सेकेण्डरी स्कुलले जितेको छ । आइतबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा डाय...
म्याग्दी: पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त र एकान्त वातावरण । पहाडको मध्यभागमा अवस्थित थुम्को । तलतिर देखिने नागबेली परेर बगेको म्याग्दी नदी र ग्रामीण बस्ती चराचुरुङ्गी र वन्यजन्तुका आवाज । ...
काठमाडौं: भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ ९क्यान० ले आइतबार २४ खेलाडी बन्द प्रशिक्षणमा बोलाएको छ । नेपाली टोलीको...

